डोटी – डोटीमा ट्र्याक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । दीपायल सिलगढी नगरपालिका–५ स्थित भित्रि सडकखण्डमा से २ त ९१०६ नम्बरको इँटा बोकेको ट्र्याक्टर दुर्घटना हुँदा ट्र्याक्टरमा सवार आदर्श गाउँपालिका–३ का अन्दाजी २१ वर्षीय केशव विकको मृत्यु भएको हो ।

दुर्घटनामा घाइते भएका विकको डडेल्धुरा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।

दुर्घटनामा कैलालीको गोदावरी नगरपालिका–८ का ३८ वर्षीय कृष्ण कामी र ट्र्याक्टरमा सवार दीपायल सिलगढी–५ कै १९ वर्षीय बालाजी कोली सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।

















