खाेज्नुहाेस

अत्तरिया चोकमा घोषित मितिमा शालीक राखिएन्

Image

अत्तरिया – कैलालीको अत्तरिया चोकमा फागुन ७ गते राजा महेन्द्रको शालीक राख्ने मिति घोषणा गरिएको थियो । तर, घोषित मिति घर्किएको एक साता बितिसक्दा पनि शालीक राखिएको छैन ।

यसअघि आर्थिक संकलन अभियान पनि संचालन गरिएको थियो । उता शालीक पुन निर्माण समितिले शनिबार एक प्रेस विज्ञप्ती जारी गर्दै शालीक राख्ने काम कोरोना महामारीका कारण प्रभावित भएको जनाएको छ । समितिका अध्यक्ष हरी भट्टराई जारी विज्ञप्तीमा फागुन ७ गते प्रजातन्त्र दिवसका दिन शालीक राख्ने घोषणा गरिएपनि कोरोना महामारीका कारण बाधा पुगेको उल्लेख छ ।

attariya hospital
navjiwan hospital

शालीक निर्माण गरिरहेका काठमाण्डौंका मुर्तीकार राजु तुलाधर कोरोना संक्रमित भएकाले शालीक तयार हुन नसकेको विज्ञप्तीमा जनाइएको छ ।

विज्ञप्तीमा शालीक राखिने मिति पुनः पत्रकार सम्मेलन गरी सार्वजनिक गरिने जनाइएको छ ।

अत्तरिया चोकमा राजा महेन्द्रको शालीक राख्नको लागि असोज १६ गते समिति गठन गरिएको थियो भने कार्तिक १६ गते शालीक पुनः निर्माण कार्यको शुभारम्भ गरिएको थियो ।

अत्तरिया चोकमा पुर्व पश्चिम राजमार्ग निर्माणका क्रममा राजा महेन्द्रको शालीक राखिएको भएपनि २०६२/०६३ को आन्दोलनका क्रममा शालीक ढालिएको थियो ।