खाेज्नुहाेस

गोदावरीमा माओवादी केन्द्रलाई चलायमान बनाउन कार्यविभाजन गरियो

Image

अत्तरिया – नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले गोदावरी नगरपालिकामा पार्टीलाई चलायमान बनाउन प्रत्येक वडामा केन्द्रदेखि नगरका नेताहरुलाई जिम्मेवारी तोकेको छ ।

बिहिबार गोदावरी नगर कमिटीका पदाधिकारीको बैठकले पार्टीलाई चलायमान बनाउन प्रत्येक वडामा छुट्टाछुटै व्यक्तिलाई जिम्मेवारी तोकेको हो ।

attariya hospital

वडाको जिम्मेवारी तोकिएका व्यक्ति पार्टीका केन्द्रिय सदस्य देखि नगरका पदाधिकारी सम्म रहेका छन ।

जसअनुसार वडा नम्बर १ मा नगर कोषाध्यक्ष शेर बहादुर बिष्ट, वडा नम्बर २ मा नगर अध्यक्ष धर्म सिंह कुँवर, वडा नम्बर ३ मा प्रदेश सदस्य कमला कैनी, वडा नम्बर ४ मा नगर सह– सचिव तुलसी प्रसाद जोशी, वडा नम्बर ५ मा नगर उपाध्यक्ष दिनेश शाह र वडा नम्बर ६ मा केन्द्रिय सदस्य लक्षिराम आचार्यलाई जिम्मेवारी तोकिएको छ ।

navjiwan hospital

त्यस्तै वडा नम्बर ७ मा नगर उपाध्यक्ष तिलक चौधरी, वडा नम्बर ८ र ९ मा प्रदेश सदस्य उद्धब भट्टराई, वडा नम्बर १० मा प्रदेश सदस्य मेघराज भट्ट, वडा नम्बर ११ मा नगर सचिव मदन कठायत र वडा नम्बर १२ मा केन्द्रिय सल्लाहकार सदस्य बिक्रम बिकलाई जिम्मेवारी तोकिएको माओवादी केन्द्र गोदावरी नगर कमिटीका अध्यक्ष कुँवरले बताएका छन ।

उनले वडामा पार्टीलाई चलायमान बनाउनका लागि महत्वपूर्ण भूमिका खेल्ने गरी केन्द्र देखि नगरका पदाधिकारीलाई जिम्मेवारी तोकिएको बताए ।

गोदावरी नगर कमिटीका पदाधिकारीको बैठकले सो क्रममा पार्टीका वडा कमिटीका कार्यालय स्थापना गर्ने, टोल कमिटीका बैठक बसाउने, वडाको सपथ ग्रहण कार्यक्रम फाल्गुन १६ गते भित्र सम्पन्न गर्ने निर्णय गरेको छ ।

यस्तै बैठकले नगर कमिटी, वडा कमिटी र जबस मोर्चा नगरका संयोजक लगायत सिनियर नेताहरुका लागि फाल्गुन १८ गते प्रशिक्षण कार्यक्रम आयोजना गर्ने जनाएको छ । नमस्ते पार्टी प्यालेसमा आयोजन गरिने प्रशिक्षण कार्यक्रम पार्टीका प्रदेश ईन्चार्ज खगराज भट्ट र प्रदेश सरकारका प्रमुख त्रिलोचन भट्टको आतिथ्यतामा सम्पन्न गरिने जनाइएको छ ।

बैठकले पार्टी सदस्यता कार्ड वितरण यही फाल्गुन २५ गते सम्म सम्पन्न गर्ने जनाएको छ ।

यसैबिच बिहिबार गोदावरी नगरपालिका – ६ मा पार्टी कार्यालयको स्थापना गरिएको नगर अध्यक्ष कुँवरले बताएका छन ।