खाेज्नुहाेस

नेपालमा पेट्रोलियम पदार्थको मूल्य बढ्दा पनि भारतभन्दा सस्तो

Image

काठमाण्डौं – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । नेपाल आयल निगमले शनिबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको हो ।

साबिकको मूल्यमा अब प्रतिलिटर तीन रुपैयाँले वृद्धि भएको आयल निगमका सहप्रवक्ता पुस्कर कार्कीले बताए ।

attariya hospital

अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १४५ रुपैयाँ पुगेको छ । डिजेल र मट्टितेलको मूल्य १२८ रुपैयाँ कायम भएको छ ।
गत माघ १८ गते पेट्रोलियम पदार्थमको मूल्य बढाएको थियो । पेट्रोलियम पदार्थको मूल्यवृद्धि यो हालसम्मकै उच्च हो ।

निगमले हवाई इन्धन र एलपी ग्यासको मूल्य भने यथावत राखिएको जनाएको छ ।मूल्य बढाउँदा पनि निगमलाई १५ दिनमै २ अर्ब १५ करोड रुपैयाँ घाटा यथावत नै रहेको निगमले दाबी गरेको छ ।

navjiwan hospital

यो मूल्य नबढाउँदा निगमलाई १५ दिनमा करिब २ अर्ब ४१ करोड घाटा हुने स्थिति देखिएको निगमको विज्ञप्तिमा भनिएको छ ।

भारतमा महङ्गो

निगमले मुल्य बढाउँदा पनि भारतको भन्दा नेपालमा पेट्रोलियम पदार्थको मुल्य सस्तो भएको जनाएको छ ।नेपालमा पेट्रोलको मुख्य १४५ कायम भएपनि हाल भारतको रक्सौलमा १७२ रुपयाँ रहेको निगमले जनाएको छ । जुन नेपालभन्दा २९ रुपैयाँले बढी हो ।

यस्तै रक्सौलमा डिजलको मुल्य १४८ रहेको छ । जुन नेपालको तुलनामा २२ रुपैयाँले बढी हो ।