लम्की – कैलालीमा २१ बर्षीय युवाले मेयरमा उम्मेदवारी घोषणा गरेका छन । आसन्न स्थानीय तहको निर्वाचनका लागि लम्कीचुहा नगरपालिकाको मेयरमा स्थानीय युवा उदय भाटले स्वतन्त्र उम्मेदवारी घोषणा गरेका हुन ।

युवाहरुमाझ लोकप्रिय भाट सामाजिक काममा सक्रिय रहदै आएका छन ।

उनले राजनीति र नेतृत्वप्रति व्याप्त वितृष्णा बदल्नका लागि स्वतन्त्र रुपमा उम्मेदवारी घोषणा गरेको बताएका छन ।
‘यो समय समाजमा फरक सोच राख्ने व्यक्तिहरुको लागि पनि सर्वेक्षणको समय हो । यो समय मत मात्रै होइन मनको सर्वेक्षण गर्ने पनि समय हो,“ उनले भने ‘नतिजाले प्रभाव पक्कै पार्ने छैन, तर फरक चाहनेहरुको लागि एउटा समय हो त्यसैले पनि मैले उम्मेदवारीको घोषणा गरेको छु ।’

















