खाेज्नुहाेस

मुख्यमन्त्रीका मुख्य योजना ओझेलमा

Image

अत्तरिया – मुख्यमन्त्री त्रिलोचन्द भट्टले सुदूरपश्चिमको बागडोर समालेको ४ बर्ष पुगेको छ । देश संघियतामा गएपछिको प्रदेशको पहिलो मुख्यमन्त्री बनेका भट्टले २०७४ फागुन ५ गते प्रदेशको मुख्यमन्त्री पदको सपथ ग्रहण गरेका थिए ।

राज्यको नजरमा सुदूरपश्चिम नपरेको भन्दै संघिय सरकारको आलोचना हुने गरेकोमा देश संघियतामा गएपछि भने यस क्षेत्रको विकासका लागि प्रदेश सरकार संग जनताका ठूला अपेक्षा थिए ।

attariya hospital

तर,  ठूलो अवसर र चुनौतीका बिच मुख्यमन्त्री बनेका भट्टले घोषणा गरेका मुख्य योजनानै अहिले ओझेलमा परेपछि जनता निराश छन ।
देश संघियतामा गएपछि प्रदेशको नामाकरण र स्थान तोक्ने काम महत्वपूर्ण थियो । जसको घोषणामा प्रदेश सरकार सफल भएपनि स्थान तोकिएको क्षेत्रमा राजधानी बनाउने मुख्यमन्त्रीको मुख्य योजना भने ओझेलमा परेको छ ।

navjiwan hospital

२०७५ असोज १२ गते बसेको प्रदेश सभा दोस्रो अधिवेशनको ४५ औँ बैठकले कैलालीको गोदावरी नगरपालिकाको वार्ड नम्बर २ र ४ को क्षेत्रमा राजधानी बनाउने निर्णय गरेको थियो । राजधानी बनाउने स्थान तोकिएपछि मुख्यमन्त्री भट्टले एक बर्ष भित्रमै राजधानीका निर्माण गरिने बताएका थिए । तर, साढे तिन बर्षमा पनि सो क्षेत्रमा राजधानीका भौतिक संरचना राख्ने कामका लागि एक इटा राख्ने काम भएको छैन ।
अब मुख्यमन्त्री भट्टको कार्यकाल नै १ बर्ष भन्दा कम भएकाले यस क्षेत्रमा उनकै कार्यकालमा राजधानी सर्ने सम्भावना निकै कम देखिन्छ ।
तर, उनले संघिय सरकारले राजधानी तोकिएको क्षेत्रको भोगाधिकार नदिना काम अगाडी बढाउन नसकिएको बताउँदै आएका छन ।

मुख्यमन्त्रीको महत्वपूर्ण घोषणा प्रदेशबासीलाई रोजगारका लागि भारत जानबाट रोक्ने थियो । तर, उनको यो घोषणा घोषणामै सिमित भएको भएको छ । अहिले पनि सुदूरपश्चिमका बिभिन्न नाकाबाट भारतमा मजदुरीका लागि जानेको लर्को रोकिएको छैन ।

मुख्यमन्त्रीको अर्को महत्वाकाक्षि घोषणा प्रदेशबासीका समस्या सुन्ने र तत्काल समाधान गर्ने थियो । जसका लागि उनले ‘हलो सीएम’ कार्यक्रम संचालनमा ल्याएका थिए । तर, उक्त कार्यक्रम अहिले प्रभावहिन बनेको छ ।

यस्तै उनले प्रदेशमा बिभिन्न भोतिक संरचना निर्माण, कृषि, शिक्षा, स्वास्थ्य क्षेत्रमा गर्ने भनेका घोषणा पनि अधिकांस कार्यान्वयमा आउन सकेका छैनन् । आफैले गर्ने भनेर घोषणा गरेका योजनानै ओझेलमा परेपछि अहिले प्रदेश सरकार प्रति जनताको भरोसा समेत घट्दै गएको देखिन्छ ।