खाेज्नुहाेस

सुदूरपश्चिमको स्वास्थ सूचकमा सुधार

Image

धनगढी – सुदूरपश्चिमको स्वास्थ सूचकमा सुधार देखिएको छ । पछिल्लो ३ बर्षको अवधिमा खोप, पोषण, सुरक्षित मातृत्व, एकीकृत बालरोग ब्यवस्थापन, परिवार नियोजन, ओपीडी सेवालगायतका सूचकमा सुधार देखिएको हो ।

navjiwan hospital

स्वास्थ्य निर्देशनालयको प्रदेश स्वास्थ्य वार्षिक प्रतिवेदन ०७७/७८ अनुसार सुदूरपश्चिममा खोप लगाउने बालबालिकाको संख्यामा वृद्धि भएको छ । आर्थिक वर्ष ०७५/७६ मा पूर्ण खोप पाउने बालबालिको संख्या ७१.३ प्रतिशत रहेकोमा ०७७/७८ मा ७९.१ प्रतिशत पुगेको छ । सोही अवधिमा बीसीजी खोप पाउने बालबालिकाको प्रतिशत ८४.४ रहेकोमा अहिले ९०.२ प्रतिशत पुगेको छ ।

attariya hospital

३ वर्षअघि डीपीटी पहिलो मात्रा खोप ८४.५ प्रतिशत बालबालिकाले पाएकोमा अहिले ८८.७ प्रतिशत पुगेको छ । डीपीटी तेस्रो मात्रा खोप पाउनेहरूमा पनि ३ प्रतिशतले वृद्धि भएको छ । दादुरा रुबेला दोस्रो मात्रा खोप पाउने बालबालिकाहरू तीन वर्षअघि ७४.६ प्रतिशत रहेकोमा हाल ८५.३ पुगेको वार्षिक प्रतिवेदनमा उल्लेख छ ।