अत्तरिया – चारदेशीय टी–ट्वान्टी क्रिकेट सिरिज अन्तर्गत आज भएको पहिलो खेलमा नेपालले ओमानलाई ६ विकेटले पराजित गरेको छ ।
ओमनको अल अमेरात क्रिकेट ग्राउन्डमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको ओमानले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १३५ रन जोड्यो ।

ओमानका लागि जिसन मक्सुदले अविजित ४३ रनको योगदान दिए भने मोहम्मद नदिमले ३१ रनको योगदान गरे । त्यसै जतिन्दर सिंहले १३, आयान खानले ११ तथा कस्यप प्रजापतिले ११ रन जोडे ।

बलिङतर्फ नेपालका अविनाश बोहराले सर्वाधिक ३ विकेट लिए भने कप्तान सन्दीप लामिछाने, कमल ऐरी र आरिफ शेखले एक/एक विकेट हात पारे ।
१३६ रनको विजयी लक्ष्य सहित मैदानमा उत्रिएको नेपालले १९.३ ओभर खेल्दै विजय हात पा-यो । नेपाललाई जिताउन दिपेन्द्र ऐरीले अविजित रहदै ५३ बलमा ७३ रनको पारी खेले ।
उक्त पारीमा उनले ८ चौका र १ छक्का प्रहार गरेका थिए । यसैगरी नेपालका आरिफ शेखले २५ रन जोडे भने आशिफ शेख र ज्ञानेन्द्र मल्लले क्रमश १४ र १३ रन बनाए ।
आइसिसी टि–२० विश्वकप ग्लोबल छनोट खेल्नुअघि नेपालले चार देश सम्मिलित टी–ट्वान्टी सिरिज खेल्न लागेको हो ।
















