खाेज्नुहाेस

निर्वाचनको तयारीमा जुट्न एमाले कञ्चनपुरका अध्यक्ष विष्टको निर्देशन

Image

महेन्द्रनगर – नेकपा एमालेका कञ्चनपुर जिल्ला अध्यक्ष सुरेन्द्र विष्टले आगमी निर्वाचनको तयारीमा जुट्न कार्यकर्तालाई निर्देशन दिएका छन ।

उनले एमालेको दवाव पछि सरकारले निर्वाचनको मिति घोषणा गरेको बताउदै त्यसको तयारीमा लाग्न नेता तथा कार्यकर्तालाई निर्देशन दिएका हुन ।

attariya hospital

‘कमिटिका सबै साथिहरुले पार्टीको वैचारिक र सैद्धान्तिक धारणाबारे स्पष्ट हुनुपर्छ’ उनले भने ‘केहि व्यक्तीहरु कांग्रेसलाई बोकेर समाजवाद आउँछ भन्ने भ्रममा छन्, पुजीवादलाई प्रोत्साहन गर्ने कांग्रेशले देशमा परिर्वतन ल्याउन सक्दैन ।’

उनले पार्टीको आन्तरिक चुनाव हारजितको विषय नभएको बताउँदै संगठनलाई बोकेर आम निर्वाचनमा पार्टीलाई लैजानुपर्ने सबैको उत्तिकै जिम्मेवारी रहेको बताए ।

navjiwan hospital

त्यस्तै एमालेका जनप्रतिनिधि र केपी ओली नेतृत्वको सरकारले गरेका कामहरु जनतामाझ लग्न र कमिटिको जिम्मेवारी पुर्ण रुपमा बहन गर्न समेत उनले आग्रह गरे ।

नगर कमिटि अध्यक्ष गणेश ऐरीको अध्यक्षतामा बसेको बैठकमा प्रदेश कमिटि सदस्य शेर बहादुर सिंह, जिल्ला उपाध्यक्ष लक्ष्मी बुढा र नगर ईन्चार्ज लोकराज पन्तलगायत जिल्लाको सहभागीता रहेको थियो ।

नगर कमिटिको पुर्ण बैठकले नगरका विभिन्न जनवर्गीय संगठन लगायत विभागको जिम्मेवारी बाडफाँड गरेको छ ।

अध्यक्ष ऐरीले पहिलो बैठकले दिएको अधिकारलाई प्रयोग गदैँ सल्लाहकार मनोनयन, जिम्मेवारी बाँडफाँट गरिएको र पुर्ण बैठकबाट त्यसलाई अनुमोदन गरिएको बताए ।

साथै उनले कृष्णपुर नगरपालिकामा नेकपा एमाले स्थानीय निर्वाचनमा पहिलो पार्टी बनाउने तयारीमा नगर कमिटि जुट्ने प्रतिवद्धता समेत व्यक्त गरे ।