खाेज्नुहाेस

सेती कोरोना अपडेट : २५ संक्रमित थपिए, १ जनाको मृत्यु

Image

अत्तरिया – सेती प्रादेशिक अस्पतालमा गरिएको कोरोना परिक्षणमा थप २५ जनामा संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ६८ नमूनाको कोरोना जाँच गरिएकोमा ४३ जनाको नतिजा भने नेगेटिभ आएको छ ।

navjiwan hospital

अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार पछिल्लो २४ घण्टामा १ कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । सेतीमा उपचाररत कन्चनपुरको भिमदत्त नगरपालिका – १६ का ७४ बर्षिय पुरुषको कोराना संक्रमणबाट मृत्यु भएके हो ।

attariya hospital

यसैबिच पछिल्लो २४ घण्टामा ७ जनाले अस्प्तालबाट कोरोना जितेर डिस्चार्ज भएका छन । त्यस्तै ६ कोरोना संक्रमित उपचारका लागि अस्पतालमा भर्ना भएको सूचना अधिकारी श्रेष्ठले बताए ।

हाल सेतीमा १६ मा १६ कोरोना संक्रमित उपचाररत रहेका छन । जसमध्ये १ कोरोना संक्रमितको आइसियु र ३ संक्रमितको भेन्टिलेटरमा उपचार भईरहेको छ ।