उत्तराखण्डका मुख्यमन्त्री सवार हेलिकप्टर अनुमति बिनै नेपाली आकाशमा उड्यो

दार्चुला – भारतको उत्तराखण्डका मुख्यमन्त्री पुस्कर सिंह धामी सवार हेलिकप्टर नेपाली आकाश भएरै उडेको छ । आइतवार भारत पिथौरागढ जिल्लाको धारचुलामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्न आएका मुख्यमन्त्री धामी नेपाली आकाशको बाटो भएर कार्यक्रम स्थल अवतरण भएका हुन ।

maya metro hospital
raunak fals and silling

उक्त हेलिकप्टर नेपाल–भारत सीमा नदी महाकालीभन्दा नेपालतर्फ करिब पाँच सय मिटर जिल्ला सदरमुकाम खलंगामाथि उडेको थियो । नेपाली आकाशमा भारतीय हेलिकप्टर पटक–पटक अनुमतिबेगर उड्ने गरेको छ ।

joshi vada pasal 2

अर्को देशको आकाशमा विना जानकारी हवाई उडान गर्नु अन्तर्राष्ट्रिय कानून विपरीत मानिन्छ । गत साउन १५ गते महाकाली नदीमा तुइनबाट खसेर बेपत्ता भएका जयसिंह धामीको खोजबिन गर्न महाकाली किनारमा ‘ड्रोन’ उडाउनसमेत नदिने भारतले भने महाकालीवारि दार्चुला सदरमुकाम खलंगा बजारमाथि पटक–पटक हेलिकप्टर उडाउन थालेको छ ।

news source

indreni vansa ghar
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.