खाेज्नुहाेस

‘मुख्यमन्त्री अन्तर्राष्ट्रिय सुदूरपश्चिम खप्तड गोल्डकप’ फागुन १९ देखि सुरु हुने

Image

धनगढी – कोरोना महामारीका कारण एक वर्ष रोकिएको सुदूरपश्चिम खप्तड गोल्डकपको पाँचौ संस्करण फागुन १९ गतेदेखि धनगढीमा आयोजना हुने भएको छ । आयोजक सुदूरपश्चिम–११ स्पोर्टस् क्लबले बुधबार धनगढीमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको पाँचौँ संस्करण फागुन १९ देखि २८ गतेसम्म धनगढी रङ्शालामा हुने जानकारी दिएको हो ।

यो संस्करणमा सुदूरपश्चिम सरकार प्रतियोगिताको मुख्य प्रायोजक रहने भएपछि खप्तड गोल्डकपलाई ‘मुख्यमन्त्री अन्तर्राष्ट्रिय सुदूरपश्चिम खप्तड गोल्डकप २०७८’ नाम दिइएको छ ।

attariya hospital
navjiwan hospital

प्रतियोगिताको आसन्न संस्करणमा ५ ए डिभिजन क्लब, मोफसलका २, विदेशी २ र आयोजक गरी १० टीमको सहभागीता रहने सुदूरपश्चिम–११ स्पोर्टस क्लबका अध्यक्ष सुरेश हमालले बताए ।

प्रतियोगिताको विजेतालाई २१ लाख तथा उपविजेतालाई १० लाख रुपैँयासहित ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिने आयोजक क्लबका महासचिव प्रकाश शाहीले बताए । प्रतियोगितामा विभिन्न विधाका उत्कृष्ट हुने खेलाडीलाई २०÷२० हजार र प्रत्येक खेलको म्यान अफ दि म्याचलाई १०÷१० हजार पुरस्कार प्रदान गरिने छ ।

फिफा र एन्फाको नियमअनुसार हुने प्रतियोगिता आयोजनामा एक करोड ५० लाख खर्च लाग्ने अनुमान गरिएको छ । देशकै सर्बाधिक धनराशीको प्रतियोगितामध्येमा पर्ने खप्तड गोल्ड कपले सुदूरपश्चिमको फुटबललाई थप माथि उकास्न योगदान पु¥याएको अध्यक्ष हमालको दाबी छ ।

‘यस क्षेत्रका युवाहरूलाई खेलकुदमा उत्साह प्रदान गर्न तथा फुटबललाई ब्यवसायिक बनाएर सुदूरपश्चिममा राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी उत्पादनमा योगदान पुगोस् भनेर हामी यसको निरन्तरतामा लागेका छौँ ।’ हमालले भने, ‘यो संस्करणबाट प्रदेश सरकारले समेत प्रतियोगितामा हातेमालो गरेकाले अब खप्तड गोल्डकपको आगामी यात्रा थप सुन्दर रहने छ ।’