खाेज्नुहाेस

पेट्रोलियम पदार्थमा भएको मूल्यबृद्धिको विरोधमा धनगढीमा पदर्शन

Image

धनगढी – पेट्रोलियम पदार्थमा भएको मूल्यबृद्धिको विरोधमा एमालेका भातृ संगठनहरुले धनगढीमा प्रदर्शन गरेका छन । अनेरास्ववियू र राष्ट्रिय युवा संघले धनगढी बजार क्षेत्रमा प्रदर्शन गरेका हुन् ।

तत्काल पेट्रोलियम पदार्थमा भएको मूल्यबृद्धि फिर्ता लिनुपर्ने भन्दै उनीहरुले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अगाडी पनि प्रदर्शन गरेका छन ।

attariya hospital
navjiwan hospital

पदर्शनका क्रममा प्रदर्शनकारी र प्रहरीबीच सामान्य झडप समेत भएको थियो ।

अनेरास्ववियूका जिल्ला अध्यक्ष किशोर शाहले प्रहरीले शान्तिपूर्ण आन्दोलनमा लाठी चार्ज गरिएको बताएका छन । यता जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले सामान्य धरपकड मात्रै भएको बताएका छन ।

नेपाल आयल निगमले मंगलबार राती १२ बजे देखि लागु हुने गरी पेट्रोलीयम पदार्थको मुल्य बढाएको थियो । जसअनुसार पेट्रोल प्रतिलिटर १४२ रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेल १२५ कायम भएको छ ।