अत्तरिया – नेकपा एकिकृत समाजवादी गोदावरी नगरपालिका – २ को वडा कमिटी चयन गरिएको छ । बुधबार बसेको प्रथम वडा भेलाबाट शेर बहादुर कुलामीको अध्यक्षतामा २१ सदस्यीय वडा कमिटी चयन गरेको हो ।
कमिटीको उपाध्यक्षमा हिरा विक, सचिवमा किरण आले मगर, उपसचिवमा तिलक ओली र जानकी बलायर चयन भएका छन । नयाँ वडा कमिटीलाई एकिकृत समाजवादीकी केन्द्रिय सदस्य चुन कुमारी चौधरीले पद तथा गोपनियताको शपथ ग्रहण गराएकी थिईन् ।

यसअघि वडा भेलालाई सम्बोधन गर्दै सुदूरपश्चिम प्रदेश सरकारकी भौतीक पुर्वाधार विकास राज्यमन्त्री समेत रहेकी चौधरीले एकीकृत समाजवादीले क्षेत्र नम्बर ४ का सबै नगर र वडामा कमिटी बिस्तार गरिसकेको बताईन् ।

‘क्षेत्रको यो अन्तिम वडा भेला हो’ उनले भनीन् ‘एकीकृत समाजवादीमा जनलहर बढ्दै गएको छ । हामीले अब पार्टीको देशभरी नै अभियान संचालन गर्ने तयारी गरिरहेका छौ ।’
उनले पार्टी विस्तारका क्रममा थोरै मान्छे देखिएपनि पार्टीको बारेमा जानकारी हुँदै जाँदा यसमा मानिसहरु जोडिने क्रम बढ्दै गएको बताईन् । उनले पार्टीको चिन्ह पनि नयाँ भएकाले निर्वाचित वडा, नगरका पदाधिकारी तथा सदस्यले यसको प्रचारमा लाग्नुपर्ने बताईन् ।
नेकपा एकिकृत समाजवादी गोदावरी नगरपालिकाका अध्यक्ष टेक विकले गोदावरीका सबै वडामा कमिटी बिस्तारको काम सकिएकाले अब टोल भेला गरिने बताए ।
‘भाद्र ३१ गते नगर कमिटी गठन भएको हो । त्यसपछि बिभिन्न वडामा कार्यक्रम गर्दै गएर वडा कमिटी पनि चयन सम्पन्न गरेका छौ । केही वडामा टोल भेला पनि सम्पन्न भएका छन’ उनले भने ‘एक वडामा ४१ देखि ७१ सदस्यीय कमिटी चयन गरेका छौ । कुनै ठाउँमा अहिले यो भन्दा सदस्यीय कमिटी बनेको छ ।’

















