खाेज्नुहाेस

एमाले गोदावरीको बन्दसत्र सुरु

Image

अत्तरिया – नेकपा एमाले गोदावरी नगर अधिवेशनको बन्द सत्र सुरु भएको छ । उद्घाटन सत्र सम्पन्न भएको झण्डै ४ महिना पछि आज पुनः बन्द बसेको हो ।

navjiwan hospital

एमाले गोदावरी नगर अध्यक्ष गोकर्ण भट्टको अधयक्षमा बसको बन्दसत्रका प्रमुख अतिथी एमाले जिल्ला अध्यक्ष रतन थापा रहेका छन ।

attariya hospital

एमाले गोदावरीले एमालेका केन्द्रिय सचिव लेख राज भट्टको प्रमुख आतिथ्यमा कार्तिक १५ गते प्रथम नगर अधिवेशनको उद्घाटन गरिएको थियो ।

उद्घाटन सत्रको दोस्रो दिन नै नगर कमिटी चयनका लागि बन्द सत्र बसेको भएपनि सहमति हुन नसक्दा अनिश्चित कालका लागि स्थगित भएको थियो । बन्द सत्र पुनः अत्तरियाको नमस्ते होटलको पार्टी प्यालेसमा बसेको छ । नयाँ नेतृत्व सहमतिमै चयन गरिने जनाईको छ ।