अत्तरिया – कैलालीको गोदावरी नगरपालिका – १ अत्तरियाका संकेत फुलाराले आफ्नो आमाको पुन्यतिथिमा कम्बल वितरण गरेका छन । उनले आमाको १९ औं पुन्यतिथिका अवसरमा २० जना विपन्नलाई कम्बल वितरण गरेका हुन ।
मंगलबार अत्तरियाको दुर्गा मन्दिर परिसरमा एक अनौपचारीक कार्यक्रमका बिच उनले गोदावरी नगरपालिका भित्रका विपन्न, एकल महिला, अपाङ्गता भएकाहरुलाई कम्बल वितरण गरेका थिए ।


हाल कैलाली बहुमुखि क्याम्पसमा अध्ययनरत फुलाराले सेयर बजारमा गरेको लगानी र खाजा खर्च कटाएर आमाको पुन्यतिथिका अवसरमा सहयोग गरेको बताए ।

















