खाेज्नुहाेस

गोदावरीमा आजदेखि बालबालिकालाई मोर्डना खोप लगाइने

Image

अत्तरिया – कैलालीको गोदावरी नगरपालिकाका बालबालिकालाई आजदेखि कोरोना बिरुद्धको मोर्डना खोप लगाइने भएको छ । नगरभित्रका १२ बर्ष देखि १७ बर्ष उमेर समुहका विद्यार्थीलाई खोप लगाउन लागिएको हो ।

navjiwan hospital

नगरपालिकाको स्वास्थ्य शाखाले नगर भित्रका ११ हजार १ सय ७० बालबालिकालाई खोप लगाइने जनाएको छ । खोप कार्यक्रममा लागि  सम्बन्धित वडाका स्वास्थ्य संस्थाबाट स्वास्थ्यकर्मी परिचालन गरिने जनाइएको छ । गोदावरी नगरपालिकामा हाल ५४ वटा सामुदायिक र ३६ वटा संस्थागत विद्यालय रहेका छन भने ३ वटा गुरुकुल र मदरसा रहेका छन ।

attariya hospital

यसअघि माघ १५ देखि २० गते सम्म विद्यार्थीलाई खोप लगाउने भनिएपनि समयमा खोप नआउँदा आजबाट खोप लगाउन लागिएको हो । नगरपालिकाले खोप कार्यक्रममा सहभागि हुन विद्यार्थीहरुलाई अनिवार्य रुपमा स्वास्थ्य मापदण्ड पालना गर्न आग्रह गरेको छ ।