खाेज्नुहाेस

कैलालीको एक होटलमा युवक मृत भेटिए

Image

अत्तरिया – कैलालीको राजीपुरमा रहेको एक होटलमा युवक मृत फेला परेका छन ।

navjiwan hospital

गौरीगंगा नगरपालिका–४ राजीपुरमा रहेको गहतेगडा होटेलमा घोडाघोडी नगरपालिका–१ का अन्दाजी ३५ वर्षीय साधन डान मृत फेला परेका हुन ।

attariya hospital

माघ ३ गतेदेखि सोही होटलमा बस्दै आएका डान ओछ्यानमै शनिबार मृत फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

मृत्युको कारण खुल्न नसकेको र, घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशी जानकारी दिएका छन ।