अत्तरिया – नेकपा एमाले गोदावरी नगरपालिकाका ११ वडा अध्यक्षले गोकर्ण भट्टलाई नगर कमिटि अध्यक्ष बनाउन माग गरेका छन । विवादका कारण कैलालीको गोदावरी नगरपालिकामा नगर कमिटी चयन हुन नसकेका बेला ११ जना वडा अध्यक्षले भट्टलाई अध्यक्ष बनाउन माग गरेका हुन ।
उनीहरुले बिहिबार जिल्ला अध्यक्ष रतन थापालाई ज्ञापन पत्र बुझाउँदै पार्टीको नगर कमिटी अध्यक्ष नतोकिदा नगरमा पार्टीका काम प्रभावित भएको भन्दै छिटो भन्दा छिटो भट्टलाई नै अध्यक्ष बनाउन माग गरिएको छ ।

एमाले जिल्ला अध्यक्ष थापालाई बुझाइएको ज्ञापन पत्रमा गोदावरीको वडा नम्बर १ को विवाद पनि छिटो भन्दा छिटो हल गर्न माग गरिएको छ ।

ज्ञापन पत्रमा एमाले गोदावरी नगरपालिका वडा नम्बर २ का अध्यक्ष डम्मर साउँद, ३ का अध्यक्ष बिरेन्द्र अवस्थी, ४ का अध्यक्ष रिबिन्द्र रोकामगर, ५ का अध्यक्ष सुहिराम चौधरी, ६ का अध्यक्ष सन्तोष सिंह, ७ का अध्यक्ष कलावती साउँद, ८ का अध्यक्ष गोविन्द चौधरी, ९ का अध्यक्ष सर्जन ठकुल्ला, १० का अध्यक्ष झंकर कोली, ११ का अध्यक्ष लोक बहादुर कोली र १२ का अध्यक्ष नन्द विकले हस्ताक्षर गरेका छन ।
एमालेको जिल्ला अधिवेशन समेत सम्पन्न भइसकेको अवस्थामा गोदावरीमा भने २ जना अध्यक्षका आकाक्षी बिच सहमति जुट्न नसक्दा नगर अध्यक्ष चयन हुन सकेको छैन । गोदावरीको नगर कमिटी अध्यक्षमा गोकण भट्ट र आनन्द भट्टले आ– आफ्नो दाबी नछोड्दा सहमति हुन नसकेको हो ।
यस्तै वडा नम्बर १ मा पनि गणेश महरा र महाविक बिकले अध्यक्षमा दावी गर्दा विवाद समाधान हुन सकेको छैन ।



















