अत्तरिया – सुदूरपश्चिम प्रदेशमा बुधबार थप ६१४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १ हजार ८५० नमूनाको कोरोना परिक्षण गरिएकोमा उक्त संख्यामा संक्रमित थपिएका हुन ।
स्वास्थ्य निर्देशनालयका अनुसार एन्टिजेन बिधिबाट १ हजार ४८४ नमूनाको कोरोना जाँच गर्दा ३६५ र पीसीआर बिधिबाट ३६६ नमूनाको कोरोना जाँच गर्दा २४९ जनामा संक्रमण पुष्टि भएको छ ।


यो संगै प्रदेशमा संक्रमितको संख्या ५५ हजार ७५० पुगेको निर्देशनालयले जनाएको छ ।
यसैबिच पछिल्लो २४ घण्टामा १०९ जनाले कोरोना जितेका छन । यो संगै कोरोना जित्नेको संख्या पनि ३८ हजार ७१३ पुगेको छ ।



















