अत्तरिया – नेपाली कांग्रेस प्रदेश (ख) डोटीले जोरायल गाउँपालिकालाई कोरोना रोकथामका लागि बृहत कार्य योजना सहितको ध्यानाकर्षण पत्र बुझाएको छ । प्रदेश (ख) डोटीका उपसभापति किरण मल्ल नेतृत्वको टोलील मंगलबार गाउँपालिकालाई ८ बुदे ध्यानाकर्षण पत्र बुझाएको हो ।
ध्यानाकर्षण पत्रमा राज्यको श्रोत साधन स्थानीय तहसंग भएकाले कोरोना रोकथामका लागि स्थानीय सरकार गम्भिर हुन माग गरिएको छ ।


८ बुदे ध्यानाकर्षण पत्रमा स्वास्थ्य मापदण्ड पूर्ण पालना गराउन जनचेतनामूलक अभियान संचालन गर्नुपर्ने, प्रत्येक वडाका खोप केन्द्र मार्फत जनताका घर–घरमा गएर खोप अभियान संचालन गरिनुपर्ने, भारतबाट वा अन्य देशबाट आएका नागरिकका लागि सुबिधा सम्पन्न अस्थायी आइसोलेशन सेन्टर निर्माण गर्ने, कोरोना रोकथामका लागि आवश्यक स्वास्थ्य सामग्री प्रत्येक वडाका स्वास्थ्य संस्थाहरुमा उपलब्ध गराउने माग गरिएको छ ।
त्यस्तै पालिका भित्र रहेका स्वास्थ्यकर्मीहरुलाई ओमिक्रोन भेरियन्ट रोक्न वा नियन्त्रण गर्न वडा÷टोल–टोल भित्र यथासिघ्र परिचालन गर्ने, स्वास्थ्यकर्मीलाई आवश्यकता अनुसार सुविधा दिने, कोरोनालाई लक्षित गरी निःशुल्क एम्बुलेन्स सेवा सञ्चनल गर्ने, वडाहरुमा पीसीआर र एन्टिजेन परिक्षण बढाउने लगायतका कोरोना रोकथामका योजना ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ ।




















