अत्तरिया – कैलालीको अत्तरियामा नेपाली कांग्रेसको पदस्थापन कार्यक्रम सम्पन्न भएको छ । कांग्रेसको १४ औ महाधिवेशनबाट गोदावरी नगरपालिका, प्रदेश सभा (ख) र क्षेत्र नं. ४ मा निर्वाचित पदाधिकारीहरुको शनिबार पदस्थापन कार्यक्रम सम्पन्न भएको हो ।
क्षेत्र नं. ४ का नवनिर्वाचित क्षेत्रिय सभापति बसन्त रोकाया (ललीत) को सभापतित्वमा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि कांग्रेसका महासमिति सदस्य सुनिल कुमार भण्डारी रहेका थिए । कार्यक्रममा बोल्दै उनले कांग्रेसमा आस्थावान सबैले एकढिक्का भएर अगाडी बढ्न आवश्यक रहेको बताए ।

उनले विगतका कमीकमजोरीलाई कोट्याएर पार्टीलाई धरासायी बनाउनुभन्दा वर्तमान र भविष्यको चिन्ता गर्न आवश्यक रहेको बताए । ‘विगतलाई हेरर वर्तमान र भविष्यको यात्रा गर्न सकिदैन’ उनले भने ‘अगाडी बढ्न विगत लाई विर्सेर नयाँ आयामका साथ बर्तमान र भविष्यको प्रारम्भ गर्न जरुरी छ ।’
उनले चुनौतीका रुपमा नजिकै स्थानिय तहको निर्वाचन पनि आईरहेकाले त्यसको सामना सबैले मिलेर गर्नुपर्ने बताए । सबैले एकबद्ध भएमात्र कांग्रेसको भविष्य रहेको बताउदै उनले कांग्रेस सकिए सबैको अस्तित्व समाप्त हुने जिकिर गरे ।

यसैगरी कार्यक्रममा बोल्दै कांग्रेसका महासमिति सदस्य यज्ञराज चौधरीले संगठनको चुनावलाई मतभेदका रुपमा लिन नहुने बताए । उनले संगठनको चुनावमा भएका तिता कुराहरुलाई भुली कांग्रेसको नयाँ अध्यायको सुरुवात गर्ने समय भएकाले यसको सदुपयोग गर्नुपर्ने बताए । नगर, प्रदेश तथा क्षेत्रमा निर्वाचीत पदाधिकारीहरुलाई स्थानिय तहमा पार्टीलाई बहुमतका साथ अग्र स्थानमा ल्याउने चुनौती रहेको समेत उनले बताए । उनले सबैले आ–आफ्नो क्षमता अनुसार सहयोग गरे अवश्य पनि आगामी निर्वाचनमा पार्टी पहिलो स्थानमा आउने विश्वास व्यक्त गरे ।
कार्यक्रममा महाधिवेश प्रतिनिधि तुलसी देवकोटाले व्यक्तिगत स्वार्थमा नलागी पार्टीको हितमा सबैले एकबद्ध हुन जरुरी रहेको बताईन । उनले आउदै गरेको निर्वाचनमा पार्टीलाई विजयी हासिल गराउने चुनौती रहेकाले त्यो चुनौतीको सामना गर्न सबैले तत्पर रहनुपर्ने बताईन ।

कांग्रेसका कैलाली क्षेत्र नं. ४ का निर्वतमान क्षेत्रिय सभापति दिनेश राज जोशीले निर्वाचनमा आफुले हारेको नभई केही जिम्मेवारीबाट मुक्त मात्रै भएको बताए ।

‘निर्वाचनमा म हारेको होईन, जिम्मेवारीबाट मुक्त भएको हु’ उनले भने ‘त्यो जिम्मेवारी भनेको सबै साथीहरुलाई बोलाएर भेला गर्ने जिम्मेवारी हो, अरु पार्टीलाई एकताबद्ध गर्ने, पार्टीलाई माथी उकास्ने जिम्मेवारी त अझै पनि छ, त्यो मेरो मात्रै होईन, त्यो नयाँ कार्यसमितिको मात्रै हैन, हामी सबैको जिम्मेवारी हो ।’ उनले नयाँ निर्वाचित क्षेत्रिय कार्यसमितिलाई पनि हरकिसिमले सहयोग गर्ने बताए ।
कार्यक्रमको समापन गर्ने कांग्रेस कैलाली क्षेत्र नं. ४ का नवनिर्वाचित क्षेत्रिय सभापति बसन्त रोकाया (ललीत) ले नेतृत्वमा पुग्नका लागी अधिवेशनमा आन्तरिक प्रतिष्पर्धा भएपनि अधिवेशन सँगै त्यो प्रतिष्पर्धा पनि सम्पन्न भैसकेको बताए ।
‘अधिवेशनमा नेतृत्व तहमा पुग्नका लागी हाम्रो आन्तरिक प्रतिष्पर्धा भएको थियो, त्यतिबेला हामी अलग अलग प्यानल बनाएर नेतृत्वका लागी चुनावमा गयौ’ उनले भने ‘तर अव त्यो प्रतिष्पर्धा सकिएको छ, अबको हाम्रो प्रतिष्पर्धा कम्युनिष्ट सँग हुनेछ, त्यसका लागी हामीले एकजुट भएर, हिजोका तितामिठा कुराहरुलाई भुलेर पार्टीलाई स्थानिय तहमा विजयी गराउनुपर्ने छ ।’ हिजोका कुराहरु बिर्सि आजबाट नयाँ सोच र भिजनका साथ अगाडी बढ्ने आफ्नो मनसाय रहेको उनले बताए ।

उनले निर्वाचनमा टिकटका लागी चाकरी नभई काम महत्वपुर्ण हुने बताए । संगठनका लागी निरन्तर लागेको, संगठन बलियो बनाउन महत्वपुर्ण भुमिका खेलेको व्यक्तिले आगामी निर्वाचनमा टिकट पाउने उनले बताए । उनले आफ्नो वडा, नगर तथा क्षेत्रमा निर्वाचनको टिकटको वातावरण आफुले नै बनाउनुपर्ने बताए । कसैको भनसुनको आधारमा टिकट पाउने कुरा कसैले पनि नसोच्न उनले अनुरोध गरे ।
उनले पार्टीप्रति निष्ठावान व्यक्तिलाई कहिल्यै विभेद नहुने बताए । ‘ईमान्दारी पुर्वक काम गर्ने साथीहरुलाई कहिल्यै पनि विभेद हुदैन’ उनले भने ‘तर जसले जानीजानी बुझ पचाएर, के नै गर्ने हुन र भनेर गल्ती गर्ने साथीरुलाई माथी हुदैन हेर्नुस ।’ उनले आफुले कसैलाई काखापाखा नगरी सबैलाई एकसाथ मिलाएर लैजाने बताए ।
कार्यक्रममा निर्वतमान नगर कार्यसमिति सचिव तेज खड्काले नवनिर्वाचित नगरसभापति विर बहादुर चोखाललाई, प्रदेश सभा (ख) का निर्वमान सभापति खेम साउँदले नवनिर्वाचित सभापति गोपालदत्त भट्टलाई र क्षेत्र नं. ४ का निर्वमान क्षेत्रिय सभापति दिनेश राज जोशीले नवनिर्वाचित क्षेत्रीय सभापति बसन्त रोकायालाई माईन्युट हस्तान्तरण गरेका थिए । कार्यक्रमको सञ्चालन कांग्रेसका गोदावरी नगर सचिव अशोकराज देवकोटाल गरेका थिए ।

















