
एजेन्सी – भारतमा कोरोना संक्रमितको संख्या दैनिक बढिरहेको छ । पछिल्लो २४ घण्टामा ३ लाख १७ हजार ५३२ नयाँ कोरोना संक्रमित थपिएका छन् ।
यो सँगै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ४९१ जनाको मृत्यु भएको छ । यसबाहेक २ लाख २३ हजार ९९० जना उपचारपछि निको भएका छन् ।
देशमा सक्रिय संक्रमितको कुल संख्या १९ लाख २४ हजार ५१ छ । योसँगै कोरोना पोजिटिभ दर १६.४१ प्रतिशत रहेको छ ।
देशमा कोरोनाका नयाँ भेरियन्टका संक्रमित पनि तीव्र गतिमा बढिरहेका छन् ।
हालसम्म देशमा कुल ९ हजार २८७ जनामा कोरोनाको नयाँ भेरियन्ट पुष्टि भएको छ । पछिल्लो एक दिनको तुलनामा कोरोना संक्रमितको संख्या ३.६३ प्रतिशतले बढेको छ ।

















