खाेज्नुहाेस

सई अवस्थी माथि खुकुरी प्रहार गर्ने युवक जेल चलान

Image

काठमाण्डौं – महानगरीय प्रहरी प्रभाग धर्मस्थलीमा कार्यरत प्रहरी नायब निरीक्षक(सई) पदम अवस्थीमाथि खुकुरी प्रहार गर्ने शनि तामाङलाई पूर्पक्षका लागि कारागार चलान गरिएको छ । प्रहरीलाई खुकुरी प्रहार गरेको आरोपमा पक्राउ परेका रामेछापको मन्थली लिखु गाउँपालिकाका २९ वर्षीय शनि तामाङलाई पुर्पक्षका लागि जेल चलान गरिएको हो ।

navjiwan hospital

उनलाई काठमाडौं जिल्ला अदालतले बुधबार पुर्पक्षका लागि जेल चलानको आदेश दिएको हो । गएको पुस १० गते राति पौन १ बजेतिर तार्केश्वर नगरपालिका–८ शेषमती लामबगर नजिक दोलखाको चरिकोट गाउँपालिका–१ घर भई काठमाडौं बस्दै आएका २८ वर्षीय सुवास तामाङसँग शनिको सामान्य विवाद भएको थियो । विवाद हुँदा शनिले सुवासलाई खुकुरी प्रहार गरी फरार भएका थिए ।

attariya hospital

बैतडीको सुर्नया गाउँपालिका ६ घर भएका प्रहरी नायव निरीक्षक (सई) सई अवस्थीको टोलीले उनलाई पक्राउ गर्न लखेट्दै जाँदा प्रहरीमाथि नै खुकुरी प्रहार भएको थियो । सई अवस्थी खुकुरी प्रहारबाट आफू घाइते हुँदा पनि शनिलाई पक्राउ गर्न सफल भएका थिए ।