अत्तरिया – कोरोना संक्रमणबाट कैलालीको गोदावरीकी एक पुरुषको मृत्यु भएको छ ।

कोरोना संक्रमित भएर सेती प्रादेशिक अस्पताल धनगढीमा उपचाररत गोदावरी नगरपालिका – ४ का ७६ बर्षिय पुरुषको मृत्यु भएको हो ।

उनलाई स्वास प्रश्वासमा समस्या देखिएपछि पुस २२ गते सेतीमा कोरोना जाँच गरिएको थियो । कोरोना रिपोर्ट पोजेटिभ आएदेखि सेतीमै उपचार गराइरहेका ति पुरुषको मंगलबार राती ११ बजे मृत्यु भएको हो ।
















