अत्तरिया – कैलालीको सेती प्रादेशिक अस्पतालमा आज गरिएको कोरोना परिक्षणमा थप १ सय ४ जनामा सक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा पीसीआर बिधिबाट १ सय ८७ नमूनाको परिक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका छन । जुन कुल परिक्षण गरिएका संख्याको ५६ प्रतिशत हो ।
सेतीमा शुक्रबार १ सय २१ नमूनाको परिक्षण गर्दा ६६ जनामा कोरोना पुष्टि भएको थियो । सुदूरपश्चिमकै सबैभन्दा बढी कोरोना परिक्षण हुने सेतीमा पछिल्लो केही दिन यता संक्रमित थपिने क्रम बढ्दै गएको छ ।


अस्पतालका सुचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार हालसम्म सेतीमा पीसीआर बिधिबाट १ लाख २० हजार ७ सय ३० नमूनाको कोरोना परिक्षण भइसकेको छ । जसमध्ये २१ हजार ५ सय ९ जनामा संक्रमण पुष्टि भएको छ ।
यसैबिच अस्पतालमा पछिल्लो २४ घण्टामा ३ जना कोरोना संक्रमित उपचारका लागि थपिएका छ । यो संगै अस्पतालमा कोरोना उपचाररत बिरामीको संख्या १८ पुगेको छ । जसमध्ये २ जनाको आइसियु र २ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।
सूचना अधिकारी श्रेष्ठका अनुसार पछिल्लो २४ घण्टामा एक जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा कैलारी गाउँपालिका – ५ की ५३ बर्षिय महिला रहेकी छिन ।

















