बाजुरा – नेकपा (एमाले) बाजुराको अध्यक्षमा पुनः कालीबहादुर शाही निर्विरोध चयन भएका छन ।

एमालेको सातौँ जिल्ला अधिवेशनबाट शाही पुनः अध्यक्षमा चयन भएका हुन ।

अधिवेशनबाट जिल्ला कमिटिको उपाध्यक्षमा भरतबहादुर बुढा, सचिवमा भरतबहादुर थापा, उपसचिवमा जनककुमार बोहरा र हरिबहादुर रोकाया निर्विरोध चयन भएका निर्वाचन कमिटीका प्रमुख दिलीपबहादुर शाहीले बताए ।
एमालेका स्थायी कमिटी सदस्य कर्ण थापाको संयोजकत्वमा बनेको अध्यक्षमण्डलले सर्वसम्मत जिल्ला कमिटी छनोट गरेको हो ।



















