खाेज्नुहाेस

कैलालीमा एमालेको नेतृत्वका लागी मतदान सुरु

Image

धनगढी – कैलालीमा नेकपा एमालेको नेतृत्व चयनका लागी मतदान सुरु भएको छ ।

navjiwan hospital

धनगढीस्थित ऋद्धि सिद्धी पार्टी प्यालेसमा सुरु भएको मतदान दिउँसो १ बजेसम्म चल्ने निर्वाचन समितिले जनाएको छ ।  कैलालीमा एमालेको नेतृत्वका लागी निर्वतमान अध्यक्ष रतन थापा र उपाध्यक्ष रणबहादुर चन्द प्यानल सहित चुनावी मैदानमा छन ।

attariya hospital

जिल्लामा १ सय ५० पदका लागी ३ सय २९ जनाको उम्मेदवारी परेको छ । ४८ जना भने निर्विरोध निर्वाचित भएका छन ।

यसअघि आइतबार बिहान ८ बजेका लागि तोकिएको मतदान निर्वाचन समितिले प्राविधिक कारणले भन्दै दिउँसोसम्म सरेको थियो । तर साँझसम्म मतदान प्रक्रिया सुरु नभएपछि आइतबार राति प्रतिनिधिले नाराबाजी गरेका थिए ।