खाेज्नुहाेस

अत्तरियामा अलपत्र परेका पुरुषको उद्धार

Image

अत्तरिया – कैलालीको अत्तरियामा अलपत्र परेका एक पुरुषको उद्धार गरिएको छ । गोदावरी नगरपालिका – २ मा तेघरीमा अलपत्र परेका अछाम मंगलसेन घर बताउने अन्दाजी ४८ बर्षका मिन बहादुर बिष्टको उद्धार गरिएको हो ।

आईतबार बिहानै देखि सो क्षेत्रमा हिडिरहेका ति पुरुषलाई साँझ स्थानिय युवाहरुको सहयोगमा ईलाका प्रहरी कार्यालय मालाखेतीले उद्धार गरी अछाम पठाएको छ ।

attariya hospital
navjiwan hospital

इलाका प्रहरी कार्यालय मालाखेतिका डिएसपी नवराज सापकोटाले औषधि उपचार गर्न आएको बताउने ति पुरुष पैसा सकिएपछि अत्तरियामा अलपत्र परेको बुझिएकाले अछामको गाडीमा आईतबार साँझ नै पठाइएको बताए ।

आईतबार साँझको समयमा अलपत्र देखेपछि ति पुरुषको उद्धारका लागि थ्रिडिभिएलका युवाहरुले प्रहरीलाई खबर गरेका थिए । थ्रिडिभिएलका अध्यक्ष दिपक ओझाका अनुसार ति पुरुष आफ्नो दाई संगै अछामबाट धनगढी आएका भएपनि दाइ संग छुट्टिएपछि उनी अलपत्र परेका थिए ।