अत्तरिया – सुदूरपश्चिम प्रदेशमा पछिल्लो २४ घण्टामा ६२ जना कोरोना संक्रमित थपिएका छ । पछिल्लो २४ घण्टामा १ हजार ६० नमूनाको कोरोना परिक्षण गरिएकोमा ६२ जनामा संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य निर्देशनालय डोटीका अनुसार एन्टीजेन बिधिबाट १ हजार ४५ नमूनाका कोरोना परिक्षण गर्दा ५२ र पीसीआर बिधिबाट १५ नमूनाको कोरोना परिक्षण गर्दा ९ जनामा संक्रमण पुष्टि भएको ।

निर्देशनालयका अनुसार जसमध्ये सीमा नाकामा गरिएको परिक्षणमा भारतबाट भित्रिएका ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

निर्देशनालयका अनुसार पछिल्लो २४ घण्टामा कञ्चनपुरको गड्डाचौकी, कैलालीको गौरीफन्टा र बैतडीको झुलाघाट नाकाबाट ९ सय ८८ जना नेपाल भित्रिएका थिए । उनीहरुमध्ये गड्डाचौकीबाट भित्रिएका ३ सय ७९ जनाको परिक्षण गर्दा १२, गौरीफन्टा नाकाबाट ५ सय ५२ जनाको एन्टीजेन बिधिबाट कोरोना परिक्षण गर्दा ३५ जनामा संक्रमण पुष्टि भएको थियो ।
झुलाघाट नाकाबाट ४५ भित्रिएका ४५ जनाको कोरोना परिक्षण गरिएको भएपनि सबैको नजिता नेगेटिभ आएको निर्देशनालयले जनाएको छ । यो संगै प्रदेशमा कोरोना संक्रमितको संख्या ४८ हजार ८ सय ७२ पुगेको छ ।
निर्देशनालयका अनुसार पछिल्लो २४ घण्टामा ६ जनाले कोरोना जितेका छन । यो संगै कोरोना जित्नेको संख्या ३८ हजार १ सय ९८ पुगेको छ ।
















