बैतडी – नेकपा एमालेको बैतडीको उपाध्यक्षमा रमिल बम निर्वाचित भएका छन् ।
जिल्लामा अध्यक्षका उम्मेदवार सुरेन्द्र पाल प्यानलबाट उपाध्यक्षमा उम्मेदवारी दिएका बम निर्वाचित भएका हुन । अध्यक्षका अर्का उम्मेदवार गोरखबहादुर चन्दको प्यानलबाट उपाध्यक्षमा उम्मेदवारी दिएका भरतसिँह महराले उम्मेदवारी फिर्ता लिएपछि बम निर्वाचित भएका निर्वाचन समितिले जनाएको छ ।


सहमतिमा निर्वाचन सम्पन्न गर्न दुई दिनसम्म छलफल गरिए पनि सहमति नहुँदा अन्ततः चुनावी प्रक्रिया सुरु गरिएको हो ।
निर्वाचनमा पाल प्यानलबाट सचिवमा चक्र कार्की तथा उपसचिवमा सरस्वती नेपाली र लोकेन्द्र भण्डारीले उम्मेदवारी दिएका छन भने चन्द प्यानलबाट सचिवमा सन्तोषप्रकाश जोशी तथा उपसचिवमा भगिरथसिंह कुँवर र जनकबहादुर चन्दले उम्मेदवारी दिएका छन् ।
जिल्लामा अझै पनि सहमतीको प्रयास भैरहेकाले मतदान हुन नसकेको निर्वाचन समितिले जनाएको छ । जिल्लाभरिबाट पाँच सय ३५ जना प्रतिनिधिले मतदान गर्नेछन् ।















