अत्तरिया – कैलालीको अत्तरिया– धनगढी सडकमा जिप र मोटरसाईकल एकआपसमा ठोक्किदा १ जना घाईते भएका छन ।

जिल्लाको धनगढी उपमहानगरपालिका – १३ मोहनपुरस्थित ६ लेन सडकमा जिप र मोटरसाईकल ठोक्कीदा मोटरसाईकल चालक धनगढी उपमहानगरपालिका – ३ बस्ने ३० वर्षिय दिपक महता घाईते भएका हुन ।

धनगढीबाट अत्तरियातर्फ आईरहेको से ५ प ४०७९ नम्बरको मोटरसाईकल र सोही दिशाबाट आईरहेको बाग्मती प्रदेश ०१–०२५ च ६२७१ नम्बरको जिप एकआपसमा ठोक्किदा महता घाईते भएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।
कार्यालयका अनुसार घाईते महताको धनगढीस्थित माया मेट्रो हस्पिटलमा उपचार भैरहेको छ भने जिप चालक र जिपलाई प्रहरी चौकी कैलाली गाउँले नियन्त्रणमा लिएको छ ।

















