अत्तरिया – कैलालीको गोदावरी नगरपालिका भित्र रहेका भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई लालपुर्जा वितरण गर्न गोदावरी नगपालिका र राष्ट्रिय भूमि आयोग बिच सम्झौता भएको छ । भूमिसम्बन्धी समस्या समाधान आयोग मार्फत यसअघि भएका कामलाई पुनः अगाडी बढाउन नगरपालिका र आयोग बिच सम्झौता भएको हो ।
सम्झौता पत्रमा गोदावरी नगरपालिकाका तर्फबाट नगरप्रमुख हरी सिह साउँद र राष्ट्रिय भूमि आयोगका तर्फबाट आयोगको अध्यक्ष केशव निरौलाले सम्झौता पत्रमा हस्तारक्षर गरेका छन ।

यसअघि देवि प्रसाद ज्ञवाली नेतृत्वको आयोग संग गोदावरी नगरपालिकाले २०७७ पुस २ गते सम्भौता गरेको थियो ।

उक्त सम्झौता अनुसार नगरपालिकामा भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीको लगत संकलन गर्ने काम गरिएको थियो । जसअनुसार गत बर्षको फागुन ४ गतेदेखि भएको लगत संकलनमा नगरपालिका भित्र १८ हजार ६४ जना भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीका लगत फारम संकलन गरिएको छ ।
पछि केन्द्रमा सरकार परिवर्तन भएसंगै प्रधानमन्त्री सेर बहादुर देउवा नेतृत्वको सरकाले साउन १९ गते मन्त्रिपरिषद् बैठकबाट भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज गर्ने निर्णय गरेकापछि गोदावरीमा पनि आयोगका सबै काम रोकिएको थिए ।
पुनः देउवा सरकारले भदौ २९ गते मन्त्रिपरिद्को बैठकबाट राष्ट्रिय भूमि आयोग गठन गरी अध्यक्षमा केशव निरौलालाई नियुक्त गरेपछि आयोगका काम अगाडी बढेको हो ।
सोही अनुसार रोकिएका काम अगाडी बढाउन नगरपालिका र आयोग बिच सम्झौता भएको हो ।
















