खाेज्नुहाेस

एमाले कैलाली अधिवेशन : अध्यक्षमा अझै जुटेन सहमति

Image

धनगढी – शुक्रबार देखि सुरु भएको एमालेको कैलाली जिल्ला अधिवेशनमा सहमति जुट्न सकेको छैन । नेतृत्वका लागि ३ जनाले दाबी गर्दा सहमति जुट्न नसकेको हो ।

अध्यक्षमा वर्तमान अध्यक्ष समेत रहेका रतन थापा पुनः अध्यक्षमा दोहोरिने दाबी गरिरहेका छन भने उपाध्यक्ष रणबहादुर चन्द र जिल्ला कमिटी सचिवालय सदस्य डेजी पाण्डेयले पनि अध्यक्षमा दाबी गरेका छन ।

attariya hospital
navjiwan hospital

अध्यक्षका आकांक्षीबीच सहमति हुन नसक्दा निर्वाचन हुने सम्भावना बढेको छ । कैलाली एमालेले सहमति नभए निर्वाचन हुने बताएको छ ।

एमाले सुदूरपश्चिम इन्चार्ज तथा केन्द्रीय सचिव लेखराज भट्ट र कैलाली इन्चार्ज नरदमुनि रानाले यसअघि नै सहमतिमै नेतृत्व चयन गर्न सुझाव दिएका थिए । तर, अहिलेसम्म अध्यक्षमा दाबी गरेकाहरूबीच सहमति हुन नसकेको हो ।

कैलालीमा २२ हजार बढी संगठित सदस्य छन् । आयोजक कमिटी र प्रतिनिधि गरी करिब ५६६ जनाले मतदान गर्नेछन् ।