अत्तरिया – पछिल्लो ३ दिनमा सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमणदर ह्वातै बढेको छ । ३ दिन अगाडी करिब ४ प्रतिशत संक्रमणदर हरेकोमा आज बढेर १२ प्रतिशत पुगेको हो ।

बुधबार प्रदेशमा १ हजार १ सय २९ नमूनाको कोरोना परिक्षण गरिएकोमा ५५ जनामा संक्रमण पुष्टि भएको थियो । जुन संक्रमण दर ४ प्रतिशत हो ।

बिहिबार १ हजार ३ सय ६८ नमूनाको कोरोना परिक्षण गरिएकोमा १ सय २० जनामा संक्रमण पुष्टि भएको थियो । जुन संक्रमण दर करिब ९ प्रतिशत हो । आज १ हजार ३ सय ८५ नमूनाको कोरोना परिक्षण गरिएकोमा १ सय ५८ जनामा संक्रमण पुष्टि भएको छ । जुन संक्रमण दर करिब १२ प्रतिशत हो ।
स्वास्थ्य निर्देशनायल डोटीका अनुसार प्रदेशमा कोरोना संक्रमितको संख्या ४८ हजार ६ सय ७७ पुगेको छ ।














