अत्तरिया – सुदूरपश्चिम प्रदेशमा एकैदिन १ सय २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १ हजार ३ सय ६८ नमूनाको कोरोना परिक्षण गरिएकोमा १ सय २० जनामा संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य निर्देशनायल डोटीका अनुसार एन्टिजेन बिधिबाट १ हजार ३ सय २७ नमूनाको कोरोना परिक्षण गर्दा १ सय ८ र पीसीआर बिधिबाट ४१ नमूनाको कोरोना परिक्षण गर्दा १२ जनामा कोरोना पुष्टि भएको हो ।


संक्रमित हुनेमा कञ्चनपुरका ६४ जना, कैलालीका ४८ जना, बैतडी, बाजुराका २/२ जना, अछाम, डडेल्धुराका १/१ जना र अन्य जिल्लाका २ जना रहेका छन ।
सुदूरपश्चिममा बुधबार ५५ र मंगलबार ४० कोरोना संक्रमित थपिएका छन । यो संगै प्रदेशमा कोरोना संक्रमितको संख्या ४८ हजार ५ सय १९ पुगेको छ ।
निर्देशनालयका अनुसार पछिल्लो २४ घण्टामा ६ जनाले कोरोना जितेका छन । यो संगै प्रदेशमा कोरोना जित्नेको संख्या ३८ हजार १ सय ८० पुगेको छ ।
















