दार्चुला – चिसोलाई मध्यनजर गर्दै दार्चुलाको एक पालिकाका विद्यालय १० दिन बन्द हुने भएका छन ।

जिल्लाको महाकाली नगरपालिकाका सबै विद्यालयहरु १० दिन बन्द हुने भएका हुन । नगरपालिकाले सोमबार एक सूचना जारी गर्दै यही पुष २५ गतेदेखि माघ ४ गतेसम्म त्यहाँका विद्यालयको पठनपाठन बन्द हुने जनाएको हो ।

बढ्दै गएको चिसोका कारण विद्यार्थीहरुको स्वास्थ्यमा नराम्रो असर पर्न सक्ने भएकाले सामुदायिक र संस्थागत विद्यालयलाई पठनपाठन बन्द गर्न आग्रह गरिएको नगरपालिकाले जनाएको छ ।
















