खाेज्नुहाेस

बझाङको पडेस दलित बस्तीमा खानेपानीको चरम संकट

Image

रमेश बहादुर सिह /बझाङ – बझाङको जयपृथ्वी नगरपालिका – ३ पडेसको दलित बस्तीका खानेपानीको चरम संकट भएको छ । सो बस्तीमा खानेपानीको पु-याउने स्थानिय चुनावको एजेण्डा बनेपनि स्थानिय सरकार बनेको ४ बर्ष पुगिसक्दा पनि खानेपानीको समस्या सामाधान हुन सकेको छैन ।

५ सय घरधुरी दलित बस्ती रहेको पडेसमा स्थानिय सरकारले बेवास्ता गर्दा खानेपानीको समस्या ज्यु का त्यु रहेको स्थानियको भनाइ छ । खानेपानीको अभावमा अहिले सो वस्तीका ५ सय दलित परिवार घण्टौ टाढाबाट पानीको जोहो गर्न बाध्य छन ।

attariya hospital

स्थानिय कलक विकले २० बर्ष पहिले जडान गरेका धारमा पानी आउन बन्द भएपछि सोही समयदेखि गाउँमा खानेपानीको निकै समस्या भएको बताए ।

‘भोट माग्ने बेलामा हामी पानीको व्यवस्था गर्छौ भनेर नेताहरुले आश्वासन दिए’ उनले भने ‘अहिले चुनाव जितेर गएका नेताहरुले नमस्कार भनेपनि तिमी को हौ भन्छन ।’ उनले खानेपानी चरमा अभाव भएकाले समस्या सामाधानका लागि पहल गरिदिन आग्रह गरे ।

खानेपानीका धाराहरु बनेपनि उक्त धाराहरुमा पानी नआउने स्थानिय विरु दमाईले बताए । ‘धारो त आईसकेको छ, तर पानी छैन’ उनले भने ‘१०/१२ परिवारका लागी भनेर एउटा धारा बनाईदिएको छ, त्यसमा पनि कैले पानि आउँछ, कैले आउदैन ।’

उनले आफुले खानेपानीको समस्याका लागी नगरप्रमुखलाई जानकारी गराएको भएपनि कुनै सुनुवाई नभएको बताए ।

navjiwan hospital

‘स्थानिय तहका जनप्रतिनिधिलाई त आफैलाई जानकारी हुनुपर्ने हो, वडामा के छ के छैन भनेर, तर हामीले भन्दा पनि यहाँ सुनुवाई भएको छैन’ उनले भने ।

जयपृथ्वी नगरपालिकाका मेयर बिरेन्द्र बहादुर खड्का र जिल्ला समन्वय समितिका प्रमुख खडक बहादुर खड्का संविधान सभा सदस्य अफिलाल ओखेडाले सो क्षेत्रबाट प्रतिनिधित्व गर्दै आएका भएपनि यस क्षेत्रको खानेपानीको समस्या सामाधान हुन सकेको छैन ।

उता नगरप्रमुख विरेन्द्र बहादुर खड्काले नजिकै खानेपानीका स्रोतहरु नहुँदा समस्या भैरहेको बताए ।

‘पडेस नगरपालिकाकै सबैभन्दा ठुलो घना बस्ती हो, यहाँ पानीका स्रोतहरु छैनन, सानो मुहानले अहिलेसम्म भ्याईरहेको छ’ उनले भने ‘नजिक स्रोत नभेटिदाँ अहिले करिब १ किलोमिटर तल रहेको सेती नदीबाट लिफ्टिङ प्रणाली मार्फत पानी ल्याउनका लागी कार्य भैरहेको छ ।’

उनले प्रदेश सरकारबाट पडेसमा लिफ्टिङ प्रणाली मार्फत खानेपानी पु-याउनका लागी ५ करोड विनियोजन भएको र त्यसको करिब ८० प्रतिशत काम पुरा भैसकेको बताए ।

उनले उक्त योजना असारमै सम्पन्न गरिसक्नुपर्ने भएपनि कोरोना महामारीका कारण केही समय लम्बीएको बताए ।

‘तत्काल समस्या हैन तर फागुन देखी जेठ सम्म पानीको धेरै समस्या हुन्छ’ उनले भने ‘त्यसकारण त्यो योजनालाई छिट्टै सम्पन्न गर्ने गरी कार्य सुचारु छ, अव समस्या नहोला ।’

उनले नगरपालिकाले उक्त वडामा खानेपानी व्यवस्थापनका लागी सहयाग गर्दै आएको भएपनि नगरपालिकाको सहयोग पर्याप्त नहुँदा नगरपालिकाको अनुरोधमा प्रदेश सरकारले बजेट विनियोजन गरेको बताए ।