धनगढी – धनगढी उपमहानगरपालिकाका नगर प्रमुख नृपबहादुर वडले घरघरमा सहकारी पुगाउँने लक्ष पूरा हुँदै गएको बताएका छन् । नमस्ते बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १९ औं साधार सभालाई उद्घाटन गर्दै सो कुरा बताएका हुन् ।
‘मेरो पहिलो लक्ष्य घरघरमा सहकारी पुगाउँने थियो, घरघरका मान्छेलाई सहकारी संग जोड्ने अभियान थियो, त्यो अभियानलाई यो सहकारीले अगाडि बढाएको छ’ नेपाली काँग्रेसका केन्द्रीय सदस्य समेत रहेका नगर प्रमुख नृपबहादुर वडले भने, ‘गत वर्ष मात्र मैले शिल्यान्यास गरेको भवन आज उद्घाटन भएको छ । सहकारी हामी सबैको हो, हाम्रो घरको हो, यसलाई फुलाउने र फलाउने तथा अझै राम्रो बनाउने वातावरण यहाँले श्रृजना गर्नुपर्छ ।’

उनले आवश्यकता अनुरुप सानो ठूलो रकम बैकले दिन नसकेको अवस्थामा सहकारीबाट स्थानियलाई रकम लिन सहज भएको बताए ।

‘पिछडिएको आदिवासी जजाति, दलित, कमजोर पक्षका मान्छेहरु अहिले बैंकसम्म जान सक्ने अवस्था छैन । बैकले विश्वास गर्न सक्ने अवस्था छैन । तपाईको आवश्यकता अनुरुप सानो ठूलो रकम बैकले दिन सकेको छैन । तर, तपाई सहकारीको सदस्य लिनुभएको छ भने सानो ठूलो रकम पाउन सक्ने अवस्था छ । तपाई त्यो सहकारीको सदस्यता भवको विश्वासका कारण तपाई रकम प्राप्त गर्न सक्नुहुन्छ’ उनले भने ‘मलाई खुशी लागेको छ । जुन क्षेत्र, समुदाय, आदिवासी जनजातिले यो सहकारी संचालन गरेको छ । यो सहकारीले सामान्यभन्दा पनि सामान्य मानिसको घरमा पुगेको छ ।’

सहकारीका अध्यक्ष जगतराम चौधरीको अध्यक्षतामा भएको उद्घाटन समारोहमा सहकारीका संस्थापक अध्यक्ष प्रभातकुमार चौधरी, नवजिवन सहकारी संस्थाका संचालक समिति सदस्य खेमराज पाण्डे लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
साधार सभाले नयाँ नेतृत्व समेत चयन गर्नेछ । नगर प्रमुख वडले सहकारीको नवनिर्मित भवनको समेत उद्घाटन गरेका थिए ।


















