धनगढी – कञ्चनपुरमा भन्सार छलिका सामान बरामद गरिएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बेलौरी नगरपालिका वडा नम्बर १० सडकघाटबाट भारतबाट भन्सार छलि गरेर नेपाल ल्याउँदै गरेको अवैध सामान बरामद गरेको हो ।

तीन लाख पाँच हजार चार सय ४० मूल्य बराबरका मोटर, जाली, थाल लगायत विभिन्न हार्डवेयरका सामान बरामद गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । बरामद गरिएका सामान आवश्यक कारबाहीका लागी गड्डाचौकी भन्सार कार्यालय कञ्चनपुर पठाइएको जनाइएको छ ।


















