खाेज्नुहाेस

सुदूरपश्चिममा पहिलो पटक राष्ट्रिय पोल्ट्री दिवस मनाइने

Image

धनगढी – ९ औं राष्ट्रिय पोल्ट्री दिवस २०७८ धनगढीमा मनाइने भएको छ । यो वर्ष पहिलो पटक राष्ट्रिय पोल्ट्री दिवस कैलाली सदरमुकाम धनगढीमा मनाइने भएको हो । यो भन्दा अघिका राष्ट्रिय पोल्ट्री दिवस कर्णाली पारी मात्र मनाइने गरिएको थियो ।

नेपाल अण्डा उत्पादक संघ, कुखुरा तथा अण्डा उत्पादक किसान संघ कैलाली र कञ्चनपुरको संयुक्त आयोजनामा ९ औं राष्ट्रिय पोल्ट्री दिवस २०७८ भव्य रुपमा शनिबार धनगढीमा मनाउने जनाएको छ ।

attariya hospital
navjiwan hospital

धनगढीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेपाल अण्डा उत्पादक संघका अध्यक्ष शिवराम केसीले अहिलेसम्म चितवन, झापा, बुटवल र सुर्खेतमा राष्ट्रिय दिवस मनाइएकोमा पहिलो पटक सुदूरपश्चिमको राजधानी कैलाली सदरमुकाम धनगढीमा मनाउन लागेको बताए ।

‘पहिलो पटक हामीले चितवनमा २०७० मा राष्ट्रिय दिवस मनाएका थियौं । सोको लगातार चार पटक चितवनमै राष्ट्रिय दिवस मनाइएकोमा दुई पटक झापामा तथा एक÷एक पटक बुटवल र चितवनमा राष्ट्रिय दिवन मनायौं’ अध्यक्ष शिवराम केसीले भने, ‘हामीले यहाँ पहिलो पटक राष्ट्रिय दिवस मनाएर सुरु गरेका हौं यसलाई यहाँका साथीले अगाडि बढाउँदै लैजाने विश्वास गरेका छौं ।’ उनले धनगढीमा प्रभातफेरी सहित बृहत छलफल गरेर दिवस मनाउन थालेको बताए ।

कुखुरा तथा अण्डा उत्पादक किसान संघ कैलालीका अध्यक्ष भुवन भट्टले व्यावसायिक अण्डा उत्पादक र वितरकहरु बिच भाइचाराको सम्बन्ध कायम राख्दै यस व्यवसायलाई अझ बढी व्यावसायिक बनाउन कार्यक्रमले थप बल पुग्ने बताए । अध्यक्ष भट्टले बोइलर कुखुराको हकमा यहाँ आत्मनिर्भर भएपनि अण्डामा अहिलेसम्म आत्मनिर्भर हुन नसकेको बताए । उनले अहिले सुदूरपश्चिममा दैनिक ५ लाख गोटा अण्डा माग भएपनि उत्पादन सोको आधा मात्र भइरहेको बताए ।

अण्डा उत्पादन व्यवसायको केन्द्रको रुपमा परीचित चितवनलाई केन्द्र बनाई अण्डा उत्पादक व्यवसायको समय विकास र प्रवद्र्धन गर्न व्यवसायिक उत्पादकहरुको संगठित संस्था स्थापना गर्ने उद्देश्यले २०५६ सालमा नेपाल अण्डा उत्पादक संघको स्थापना भएको थियो ।