खाेज्नुहाेस

नेपाल पुस्तक व्यवसायी महासंघ सुदूरपश्चिमको अध्यक्षमा दहाल निर्वाचित

Image

धनगढी – पुस्तक व्यवसायीको हकहितका लागि काम गर्ने साझा संस्था नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ सुदूरपश्चिम प्रदेशको अध्यक्षमा मेखराज दहाल सर्वसम्मत निर्वाचित भएका छन् । मंगलबार धनगढीमा सम्पन्न सुदूरपश्चिम प्रदेशको दोश्रो अधिवेशनबाट दहाल निर्वाचित भएका हुन् ।

attariya hospital
navjiwan hospital

अध्यक्ष दाहाल धनगढीको दहाल पुस्तक पसलका प्रबन्ध निर्देशक हुन ।

महासंघको वरिष्ठ उपाध्यक्षमा श्याम पाठक, उपाध्यक्षमा शंकर बहादुर कठायत, सचिव जयराज जोशी, सहसचिव निलमराज जोशी, कोषाध्यक्षमा पार्वती देउवा निर्वाचित भएका छन् । यसैगरी सदस्यहरुमा विश्वप्रकाश जेठारा, गौरव बोहरा, युवक कुमार नायक, नारायण सिंह खत्री र देवी भट्ट निर्वाचित भएका छन् ।

नवनिर्वाचित अध्यक्ष दहालले प्रदेशभरीका सम्पुर्ण पुस्तक व्यवसायीको हकहितका लागि आफूले सक्दो पहल गर्ने बताएका छन् ।