खाेज्नुहाेस

सुदूरपश्चिमका पहाडी जिल्लामा हिमपात

Image

आशिष बहादुर सिंह/बझाङ –  सुदूरपश्चिमका पहाडी जिल्लाका विभिन्न स्थानमा बुधवार बिहानै देखि हिमपात सुरु भएको छ ।

पहाडी जिल्ला डडेल्धुरा, बैतडी, बझाङ, डोटी, बाजुरा र दार्चुला जिल्लाका उच्च लेकाली भेगमा हिमपात सुरु भएसँगै चिसो बढेको हो ।

attariya hospital
navjiwan hospital

सुदूरपश्चिमका सात पहाडी जिल्ला जोड्ने एक मात्रै सडक भिमदत्त राजमार्गको हगुल्टे, शाहुखर्क क्षेत्रमा राती देखि हिमपात सुरु भए पछि राजमार्ग अवरुद्ध भएको छ ।

सवारीका साधन राजमार्गमै रोकिएका कारण सवार यात्रुहरूलाई निकै समस्या भएको छ ।

भिमदत्त राजमार्गको साहुखर्क र हगुल्टेमा बुधबार बिहानै देखि सडक अवरुद्ध भएको डडेल्धुराका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले बताए । उनले अबरुद्ध सडक सुचारू गर्न जेसिबी पठाइएको बताए ।

हिमपातले एक्कासि बढेको चिसोका कारण विशेष गरी वृद्ध वृद्धा, बालबालिका तथा गरिखाने वर्ग बढी प्रभावित भएका छन् ।