अत्तरिया – सुदूरपश्चिम प्रदेशमा थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ५ सय ५९ नमूनाको कोरोना परिक्षण गरिएकोमा ५ जनामा संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य निर्देशनालय डोटीका अनुसार एन्टिजेन बिधिबाट ५ सय ७ नमूनाको परिक्षण गर्दा १ जना र पीसीआर बिधिबाट ५२ नमूनाको नमूनाको परिक्षण गर्दा ४ जनामा संक्रमण पुष्टि भएको छ ।


यो संगै प्रदेशमा हाल सम्म कोरोना संक्रमितको संख्या ४८ हजार २ सय ४३ पुगको छ ।
निर्देशनालयका अनुसार पछिल्लो २४ घण्टामा ४ जनाले कोरोना जितेका छन । यो संगै कोरोना जित्नेको संख्या ३८ हजार १ सय ४९ पुगेको छ ।
हाल प्रदेशका विभिन्न अस्पतालमा ३ कोरोना संक्रमित उपचाररत रहेको छन । जसमध्ये सेती प्रादेशिक अस्पताल, महाकाली अस्पताल र जिल्ला अस्पताल बैतडीमा १/१ जना कोरोना संक्रमित उपचाररत हरेका छन ।
पछिल्लो २४ घण्टामा सेती प्रादेशिक अस्पतालबाट १ कोरोना संक्रमित डिस्चार्ज भएका थिए ।



















