अत्तरिया – कैलालीको गोदावरी नगरपालिका–२ मा रहेको अत्तरिया श्रमिक बचत तथा ऋण सहकारी संस्थाको नवौ वार्षिक साधारण सभा सम्पन्न भएको छ । आईतबार कार्यक्रमका बिच संस्थाको साधारण सभा सम्पन्न भएको हो ।
संस्थाकी अध्यक्ष यादी रावतको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि जिल्ला सहकारी संघ कैलालीका अध्यक्ष फणि सापकोटा रहेका थिए ।


कार्यक्रममा गोदावरी नगरपालिका वडा नं. २ का वडाध्यक्ष कृष्णराज जोशी, अत्तरिया सामुदायीक सिकाई केन्द्रका अध्यक्ष टिकादत्त जोशी लगायतका विभिन्न संघसंस्थाका प्रतिनिधि एवम् शेयरसदस्यहरुको सहभागीता रहेको थियो ।
कार्यक्रममा लेखा परिक्षणको प्रतिवेदन संस्थाका कर्मचारी अर्जुन विकले राखेका थिए । संस्थाले आर्थिक बर्ष २०७७/०७८ मा १ करोड ७४ लाख ४७ हजार ६ सय ९१ रुपैयाको कुल कारोबार गरेकोमा ५ लाख ९७ हजार ९ सय ७१ रुपैया शुद्ध मुनाफा आर्जन गरेको संस्थाको लेखा प्रतिवेदनमा उल्लेख छ ।
आर्थिक वर्ष २०७७/०७८ को असार मसान्तसम्म संस्थामा ६ सय ७६ जना शेयरसदस्य रहेका छन भने संस्थाको शेयरपुँजी २६ लाख १६ हजार २ सय रहेको छ ।
उक्त सहकारीमा गोदावरी नगरक्षेत्रका असंगठित क्षेत्रमा कार्यरत श्रमिक मजदुरहरु आवद्ध रहेका छन ।

















