खाेज्नुहाेस

धनगढीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेटको फाइनल खेल आज हुँदै

Image

धनगढी – कैलालीको धनगढीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनल खेल आज हुँदै छ । उपाधिका लागि आज एपिएफ र प्रदेश १ भिड्ने भएका छन् ।

navjiwan hospital

शनिबार फाप्ला क्रिकेट मैदानमा भएको सेमिफाईनलमा जित हासिल गर्दै दुबै टोली उपाधिका लागि भिड्ने भएका हुन् । पहिलो सेमिफाईनलमा प्रदेश १ ले सुदूपश्चिम प्रदेशलाई ९ विकेटले हराएको थियो भने एपिएफले लुम्बिनी प्रदेशलाई ३८ रनले पराजित गरेको थियो ।

attariya hospital

नेपाल क्रिकेट संघको आयोजना र सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघको सह आयोजनामा सञ्चालन भईरहेको प्रतियोगितामा प्रथम हुने टिमले ५ लाख, द्वितीयले ३ लाख, ओम्यान अफ द सिरिज २५ हजार, बेष्ट बलरले १५ हजार तथा बेस्ट व्याट्सओम्यानले १५ हजार, ओम्यान अफ द म्याचले २ हजार पुरस्कार प्राप्त गर्ने छन् ।