खाेज्नुहाेस

टिभी टुडेद्धारा सुप समावेशी विद्यालयलाई खाद्यान तथा शैक्षिक सामग्री वितरण

Image

अत्तरिया – कैलालीको गोदावरी नगरपालिका – २ मा रहेको सुदूरपश्चिम (सुप) समावेशी आधारभुत विद्यालयका बालबालिकाहरूलाई खाद्यान तथा शैक्षिक सामग्री वितरण गरिएको छ । शनिबार एक कार्यक्रमका बिच टिभी टुडे एचडी टेलिभिजनले बालबालिकालाई खाद्यान तथा शैक्षिक सामग्री वितरण गरेको हो ।

टिभी टुडे एचडी टेलिभिजनका कार्यकारी अध्यक्ष जनकराज पन्तले विद्यालयका बालबालिकाहरुको पठनपाठनमा सहयोग पुगोस् भनेर सहयोग गरेको बताए । उनले बालबालिकाहरूका लागि आगामी दिनहरुमा पनि टिभि टुडे टेलिभिजनबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।

attariya hospital
navjiwan hospital

उक्त विद्यालयमा हाल सुदुरपश्चिका ९ वटै जिल्ला तथा हुम्ला, जुम्लाबाट पनि शारीरिक अपाङ्गता भएका पठनपाठन गर्दै आई रहेका विद्यालयकी शिक्षीका कुष्मा जोशीले बताइन् । उनले विद्यालयमा ७५ जना बालबालिकाहरु पठनपाठन गरिरहेको बताइन् ।

खाद्यान तथा शैक्षिक सामग्री वितरण कार्यक्रमा टिभी टुडे एचडी टेलिभिजनका अध्यक्ष जनकराज पन्त, उपाध्यक्ष दिप पन्त, निर्देशक नबिता फुयाल, लगाएत टिभी टुडेका कर्मचारी तथा पत्रकारहरुको उपस्थीति रहेको थियो ।