अत्तरिया – कैलालीको अत्तरिया बजारमा हलो मार्टको शाखा खुलेको छ । धनगढीमा मुख्य कार्यालय रहेको हलो मार्टको तेस्रो शाखा अत्तरियामा खुलेको हो । मार्ट सुदूरपश्चिम प्रदेशका पुर्व आर्थिक मामिला मन्त्री झपट रावलले संचालनमा ल्याएका हुन ।
शाखाको एक कार्यक्रमका बिच शुक्रबार एमालेका सचिव तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज लेखराज भट्टले उद्घाटन गरेका छन । मार्टको उद्घाटन गर्दै सचिव भट्टले मार्टमा सामान खरिदका लागि उपभोक्तालाई सहज हुने बताए । ‘उपभोक्तालाई सामान एकै ठाउँमा किन्न सहज हुन्छ । उपभोक्ताले धेरै ठाउँमा चहार्नु पर्ने अवस्था हुँदैन’ उनले भने ‘यस्ता मार्ट खुल्दा धेरैले रोजगारी पनि पाउँन्छन ।’

उनले राजनीतिमा लागेका मान्छेले संगसंगै व्यवसाय पनि गर्न आवश्यक रहेको बताए । ‘राजनीति संगसंगै व्यवसाय पनि गर्नुपर्छ र, यसले आत्मनिर्भरता तिर लैजान्छ’ उनले भने ‘अहिले जुन खालको राजनीति गर्नेलाई तपाईको आय श्रोतको माध्यम के हो भनिन्छ । यसले राजनीतिमा लागेका मानिस पनि व्यवसायमा लागेका छन भन्ने देखिन्छ ।’


संचालक बोहराले मार्टबाट आफूले चाहेको गुणस्तरीय सामग्री सुपथ मूल्यमा सहज रूपमा पाउन सक्ने बताए । उनले मार्टमा स्थानीय स्तरमा उत्पादित बस्तुलाई प्राथमिकता दिइने बताए ।
सुदूरपश्चिममा ७ वटा प्रदेश बाहिर ३ वटा मार्ट सञ्चालनमा ल्याउने योजना अनुरुप अत्तरियामा शाखा खुलेको संचालक बोहराले बताए । उनले सबै शाखा संचालनका लागि १५ करोडको लगानी लाग्ने अनुमान गरिएको बताए ।

बुधबार धनगढीको ट्राफिक चौराहामा मुख्य मार्ट र क्याम्पस चोकमा शाखा मार्ट खुलेको थियो ।

















