अत्तरिया – सुदूरपश्चिम प्रदेशमा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा प्रदेका विभिन्न प्रयोगशालाहरुमा ५५१ जनामा गरिएको एन्टिजेन परिक्षणमा ५ जना र ७८ जनामा गरिएको पिसिआर परिक्षणमा ५ जना गरी १० जनामा संक्रमण पुष्टि भएको हो ।


यससँगै प्रदेशमा जम्मा कोरोना संक्रमितको संख्या ४८ हजार १ सय ७८ पुगेको छ । स्वास्थ्य निर्देशनालय डोटीका अनुसार पछिल्लो २४ घण्टामा प्रदेशमा ७ जना संक्रमित डिस्चार्ज भएका छन ।
यससँगै प्रदेशमा कुल डिस्चार्ज हुुनेको संख्या ३८ हजार १ सय १४ पुगेको छ । स्वास्थय निर्देशनालयको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा प्रदेशमा कुनै पनि कोरोना संक्रमितले ज्यान गुमाएका छैनन ।
प्रदेशमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ६ सय १४ रहेको छ ।

















