सुदूरपश्चिम राजधानी कप फुटबल : मनकामना र वनदेवी युवा क्लब विजयी

अत्तरिया – कैलालीको गोदावरी नगरपालिका – ८ स्याउलेमा सुदूरपश्चिम राजधानी कप महिला तथा पुरुष फुटबल प्रतियोगिता अन्तरगत पहिलो दिन २ वटा खेल सम्पन्न भएका छन ।

maya metro hospital

जस अन्तरगत महिला टीम बिच भएको पहिलो उद्घाटन खेलमा मनकामना युवा क्लव जुगेडा बिजयी भएको छ । मनकामनाले सुर्मादेवी युवा क्लब फूलबारीलाई १–० गोल अन्तरले पराजित गर्दै विजयी बनेको हो ।

मनकामनाका लागि जर्सी नम्बर १४ की खेलाडी ललिता कुमारी भाटले पहिलो हापको खेलमा सुरुवाती ४ मिनेटमा गोल गरेकी थिइन् । सोही गोल मनकामनाको जितका लागि निर्णाय बनेको थियो । टिमलाई जित दिलाएकी भाट खेलको प्लीयर अफ दि म्याच घोषित भइन् । उनले नगद ३ हजार प्राप्त गरिन् ।

attariya hospital

त्यसैगरी प्रतियोगिताको दोस्रो खेलमा वनदेवी युवा क्लब तेघरी विजयी भएको छ । वनदेवी युवा क्लब तेघरीले मनकामना युवा क्लबलाई ६–० गोल अन्तरले पराजित गरेको हो ।

तेघरीका लागि कुवेर सिंह र योगेन्द्र खड्काले समान २/२ गोल गरेका थिए भने आशिष श्रेष्ठ र क्षितिज भण्डारीले पनि समान १/१ गोल गरेका थिए ।

२ गोल गरेका सिह प्लियर अफ दि म्याच घोषित भएका छन । उनले नगद ४ हजार प्राप्त गरे ।

प्रतियोगिता अन्तरगत शनिबार माउन्ट एभरेस्ट युवा क्लब अत्तरिया र फार्वेष्ट पशुपति युवा क्लब धनगढी बिच दिउँसो २ बजे खेल हुने छ ।

पिएफए स्पोटस क्लवको आयोजना भएको तेस्रो संस्करणको उद्घाटन शुक्रबार एक भब्य कार्यक्रमका बिच उद्घाटन भएको थियो । प्रतियोगिताको सुदूपश्चिम प्रदेशका मुख्य मन्त्री त्रिलोचन भट्टले उद्घाटन गरेका थिए ।

आयोजक क्लवका अध्यक्ष अमित बरालको अध्यक्षतामा भएको उद्घाटन खेलमा भौतिक पूर्वाधार विकासमन्त्री दिर्घ सोडारी, गोदावरी नगरपालिकाकी उपप्रमुख रत्ना कडायत, गोदावरी नगरपालिका – ८ का वडाअध्यक्ष नरेश अधिकारी, सुदूरपश्चिम प्रदेश खेलकुद परिषद सदस्य सचिब दीपक बहादुर सिंह, सुदूरपश्चिम प्रदेश खेलकुद परिषद् सदस्य दुर्गा अधिकारी, कञ्चनपुर जिल्ला फुटबल सङ्घका अध्यक्ष गणेश चन्द लगायतको सहभागिता रहेको थियो ।

खेल संयोजक रवीन्द्र राज भण्डारीले स्वागत मत्वव्य राखेको उद्घाटन कार्यक्रमको संचालन सिद्ध बोहराले गरेका थिए ।

सम्बन्धित खबर : सुदूरपश्चिम राजधानी कप फुटबल प्रतियोगिता सुरु, मुख्यमन्त्री भट्टद्धारा उद्घाटन

सुदूरपश्चिममा खेलकुदको विकासका लागि साझा धारणा बनाउन आवश्यक : मुख्यमन्त्री भट्ट

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.